
काठमाडौं, ६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको आन्दोलनमा नेकपा (एमाले) ले ऐक्यबद्वता जनाएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तोलाले न्यायका लागि आन्दोलनरत चलाउनेको पक्षमा एमाले रहेको बताएका हुन् ।
चलाउनेमाथि राजनीतिक आवरणमा मार्ने उदेश्यका साथ आक्रमण भएको र उनीहरूमाथि दर्ता भएको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेर दण्डहिनतालाई प्रश्रय दिन खोजिएको टिप्पणी गरे ।















प्रतिक्रिया