
काठमाडौं, ६ असार । पूर्वसभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती जमानी बसेर निकालिएको ऋण नतिरेपछि सहकारीले घर्तीसहित ऋणीको तीन पुस्ते विवतरण सार्वजनिक गर्न ऋण तिर्न ताकेता गरेको छ ।
ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउध्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिने सूचना जारी गर्दै ऋण तिर्न ताकेता गरेको हो । ओनसरीले आफू जमानी बसेर केशव रावल सहकारीबाट ऋण दिलाएकी थिइन्।
यसअघि २१ दिने सूचना जारी गरे पनि ऋणीले कर्जा चुक्ता नगरेपछि आज ऋणीसहित धनजमानी बसेकी घर्तीको तीन पुस्ते खुलाएर पत्रिकामा सूचना प्रकाशित गरिएको हो ।
काठमाडौंको बालुवाटार बस्ने रोल्पाको तत्कालीन जँकोट गाविसकी घर्तीले नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी दिलाएको सहकारीले जनाएको छ ।
उनले रुकुम घर भई नयाँ बानेश्वर बस्ने ३४ वर्षे केशव रावललाई कर्जा दिलाएकी थिइन् ।
















प्रतिक्रिया