५ कार्तिक २०८३, बिहिबार

बालेनले गरे ३९ निजी विद्यालयलाई १ लाखसम्मको जरिवाना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समय महानरभित्रका विद्यालयभित्रका विकृतिविरूद्व कठोर रूपमा उत्रिएका छन् ।

महानगरको निर्देशन पालना नगर्ने विद्यालयविरूद्व उनले एक्सन नै थालेका छन् । यसैबीच, छात्रवृत्ति विवरण नबुझाउने ३९ निजी विद्यालयलाई बालेनले एक लाख रुपैयाँसम्मको जरिवाना गर्ने भएका छन् ।

मेयर साहले मंगलबार सामाजिक सञ्चालमा लेख्दै हालसम्म विवरण नपठाउने विद्यालयलाई जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने जनाएका छन् ।

त्यसपश्चात् पनि विवरण नबुझाउने विद्यालयको अनुमति वा स्वीकृति नै रद्द गरिने चेतावनी बालेनले दिएका छन् । काठमाठौं महानगरपालिका शिक्षा ऐनमा महानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ ।

शिक्षा नियमावली २०५९ र महानगरको शिक्षा ऐन २०७५ र नियमावलीमा निजी विद्यालयमा अध्ययनरतमध्ये निश्चित प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यसअघि काठमाडौं महानगरले छात्रवृत्ति वितरणको विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको सूची सार्वजनिक गरेको थियो ।