५ कार्तिक २०८३, बिहिबार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । प्रतिनिधिसभाको बैठकले सुदूरपश्चिम प्रदेशले आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बुधबारको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले सिंहको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उहाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

बैठकमा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।