१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टरद्वारा आयकर नतिरेको स्वीकार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ६ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् ।

हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् ।

हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मंगलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् ।

‘राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुन : र्निर्माण जारी राख्छ,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,’ विज्ञप्तिमा भनिएको छ । एएफपी