
काठमाडौं, ५ असार । बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको हो ।
मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको छ । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।















प्रतिक्रिया