२ कार्तिक २०८३, सोमबार

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन्

मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस बिषयमा बोलिसकेको अवस्थामा पुन: भारतीय पक्षसंग छलफल गरी रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।

नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त बिषय राजनीतिक नरहेको भनेर आधिकारीक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए ।

उनले नेपालको नक्साका बारेमा आफूहरू स्पष्ट रहेको, नेपालको नक्सा के हो ? भन्ने बिषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने धारणा राखे ।

त्यस्तै मन्त्री साउदले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने बिषयमा सरकारका तर्फबाट दबाव दिन नमिल्ने तर्क गरे ।

। भारतले नेपाली केही भू-भागसमेत समेटेर नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेपछि नेपालमा यसको चर्को विरोध भइरहेको छ ।