मुम्बई । हट मोडल पुनम पाण्डे अहिले निकै चर्चामा छिन् । बेला बेला उत्तेजक फोटो हालेर चर्चामा आइरहने पूनम अहिले नयाँ हिरो खोज्नमा व्यस्त छिन् ।
पूनमको आगामी फिल्म ‘हेलन’ का लागि ‘पर्फेक्ट’ हिरो खोज्न पूनम पाण्डे व्यस्त छिन् । त्यसका लागि ‘को बन्ने छ पूनमको हीरो’ नाम राखेर भारतमा प्रतिस्पर्धा चलिरहेको छ ।
त्यो प्रतिस्पर्धामा जुनसुकै देशका नागरिकले हिरो बन्न भाग लिन पाउनेछन् । पूनमले जसलाई मन पराउनेछिन् त्यो हिरो बन्ने छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिस्पर्धामा २५ हजार भन्दा बढी व्यक्तिले भाग लिएका छन् ।
फिल्म डायरेक्टर सुरेश नकुमले बताएअनुसार भारतभरी हिरो खोजी हुने र ‘पर्फेक्ट’ हिरोलाई चान्स दिईनेछ । यो प्रतिस्पर्धामा छानिएको हिरोले पूनमसँग रोमान्स गर्नुपर्नेछ । एजेन्सी
















प्रतिक्रिया