१ कार्तिक २०८३, आइतबार

सिरियामा सडक किनारमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमास्कस, ५ असार । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ ।

बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो ।  बम कसले राखेको हो भन्ने अझै प्रस्ट भइसकेको छैन तर यसले सक्रिय इस्लामिक स्टेट (आईएस) लडाकुहरूमाथि सङ्केत गरिएको छ । आइतबार मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्रमा सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए ।

यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकुहरू मानिने सशस्त्र व्यक्तिहरूले घाइते बनाएका थिए । जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो । सिन्ह्वा