२८ कार्तिक २०८३, शनिबार

कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति हतियार बनाउने दुष्कर्म नहोस्ः बाबुराम भट्टराई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका व्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निमार्ण नहुने भन्दै उनले मोर्चा सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्ः

समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!