२९ आश्विन २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट उपलब्ध हुने भएको छ ।

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आमनागरिकको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका साथै कला लगायत क्षेत्रका संस्थासँग समन्वय तथा सम्झौता गरेपश्चात बैंकका ग्राहकहरुलाई विशेष छुट प्राप्त हुने भएको हो ।

महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

विभिन्न संस्थाहरुसँगको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।