५ कार्तिक २०८३, बिहिबार

पूर्वी नेपालमा बाढी पहिरो: हालसम्म ७ जनाको मृत्यु, २८ जना बेपत्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । पूर्वी नेपालमा गएको बाढी पहिरोमा परेर हालसम्म सात जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा आइतबार राति परेको भीषण वर्षापछि गएको बाढी पहिरोमा परेर सातजनाको मृत्यु भएको हो भने अझै २८ जना बेपत्ता छन् ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १र१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् ।

जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ ।

जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।