४ कार्तिक २०८३, बुधबार

धरानमा हर्क साम्पाङले पनि रोके ‘आदिपुरुष’ को प्रदर्शन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । धरान उपमहानगरपालिकामा पनि दक्षिण भारतीय चलचित्र आदिपुरूषको प्रदर्शनी रोकिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरूषको प्रदर्शनी रोक्न निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगपालिकाका मेयर बालेन साहले काठमाडौंभित्र हिन्दी फिल्म प्रदर्शनीमा रोक लगाएका थिए । बालेनको निर्णयलाई समर्थन गर्दै पोखरामा पनि आदिपुरूषको प्रदर्शनी रोकिएको छ ।

चलचित्रले नेपालको राष्ट्रियता र राष्ट्रिय विभूतिमाथि दावा बोलेको भन्दै नेपालको चर्को विरोध भइरहेको छ ।

नेपालमा मात्रै नभई भारतमै पनि यो चलचित्रको चर्को विरोध भइरहेको छ ।