
काठमाडौं, ४ असार । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले विवादित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’का संवाद लेखक मनोज मुंतशिरलाई माफी माग्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले विवादित अभिव्यक्ति दिएका मनोजलाई माफी माग्न आग्रह गरेका हुन् ।
थापाले विगतमा भारत विदेशी शासनमा रहेको स्मरण गराउँदै नेपाल स्वाभिमानी स्वतन्त्र राष्ट्र रहेको उल्लेख गरेका छन् ।
थापाले मनोजलाई मेन्सन गर्दै नेपाल इतिहासको कुनै पनि समयमा भारतको हिस्सा नरहेको स्पष्ट पारेका छन् ।
शनिबार एक टिभी अन्तर्वार्तामा मनोजले नेपाल पहिले भारतकै अंश थियो भन्दै झुटो अभिव्यक्ति दिएका थिए ।
‘आदिपुरुष’ फिल्ममा राखिएको संवादको विषयमा विवाद भइरहेका बेला लेखकको यो विवादित अभिव्यक्तिले विवाद चुलिएको छ ।











प्रतिक्रिया