२८ कार्तिक २०८३, शनिबार

बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेकपा (एमाले)ले अविरल बर्षाका कारण बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

एमालेले आइतबार विज्ञप्ति जारी गदै बाढीपहिरोबाट जीवन गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

एमालेले बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, जीवन रक्षा र उनीहरूलाई राहत उपलब्ध गराउन र घाइतेको उचित उपचार व्यवस्थाका लागि सरकारसँग जोडदार माग गरेको छ ।  साथै, प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार कार्यमा खट्न सम्बन्धित जिल्ला र पालिकाका पार्टीका कार्यकर्तालाई ध्यानाकर्षण गरेको छ ।

बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक जानकारीबारे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–संखुवासभामा सुपर हेवा जलविद्युत आयोजनाका १६ जना मजदुर बेपत्ता भएका छन् भने केहीको घाइते अवस्थामा उद्धार गरिएको छ । पाँचथरको फिदीमलगायत ठाउँमा छजना बेपत्ता भएका छन् । ताप्लेजुङमा सिदिङ्मा र सिरिजङ्घा गाउँपालिकामा वर्षाले क्षति पुर्‍याएको छ । सिदिङ्मा गाउँपालिकाको मेहेलेमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता छन् । तीनवटै जिल्लाका ठाउँ–ठाउँमा पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।