३० आश्विन २०८३, शुक्रबार

‘बुहारी’ बिना मगरबाट प्रचण्डलाई नातिनी लाभ, प्रकाश दाहालले सार्वजनिक गरे तस्वीर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-dahal-and-beena-magar

काठमाडौं, १३ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा नयाँ सदस्यले जन्म लिएको खुलासा भएको छ ।

prakash-dahal-and-beena-magar-chori

अवैध मानिएकी बुहारी विना मगरबाट प्रचण्ड परिवारमा नातिनीको जन्म भएको खुलासा भएको हो । प्रचण्ड पुत्र प्रकाश दाहालले नै बिनाले छोरी जन्माएको तस्वीर सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिएका हुन् ।

दुई वर्षअघि सगरमाथा आरोहणको क्रममा प्रकाश र एमाओवादी केन्द्रीय स्तरकी विद्यार्थी नेतृ बिना मगर प्रेम सम्बन्धमा बाँधिएका थिए । घरमा श्रीमती हुँदाहुँदै प्रकाशले बिनालाई बिहे गरेपछि उनीहरु केही समय काठमाडौँ बाहिर गएर बसेका थिए । प्रकाश र बिनाको बिहेका कारण प्रचण्डलाई परिवारभित्रमात्रै तनाव थपिएन्, सोही विषयले पार्टीभित्र समेत भाँडभैलो भएको थियो । जसका कारण प्रचण्डको परिवारले अहिलेसम्म औपचारिक रुपमा बिना मगरलाई बुहारी स्वीकारेको छैन । बुहारी नस्वीकारेपनि प्रचण्डकै जोडबलमा गत संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट बिना मगर सभासद्को उम्मेदवार बनेकी थिइन् । यसअघि दुईपटक घरजम गरिसकेका प्रकाश अहिले बिनासँगै बस्दै आएका छन् ।