५ कार्तिक २०८३, बिहिबार

बेपत्ताको खोजीका साथै राहतको कार्यलाई तीव्र बनाइएको छ: मन्त्री प्रकाश ज्वाला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राहतको कार्यलाई तीव्र रुपमा अघि बढाएको जनाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको र केहीको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जानकारी दिए ।

त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेको उनले जानकारी दिए ।

ज्वालाले पाँचथर र ताप्लेजुङ जोड्ने पुल बगाएको, अरुण करिडोरमा पाँचसय मिटर सडक क्षति भएको, मेची राजमार्गको पाङ्गेभिरमा सडक अवरुद्ध भएको जानकारी दिए ।

बाढी र पहिरोका कारण अवरुद्ध सडकहरुलाई सुचारु गर्नका लागि प्रयास भइरहेको उनले बताए । मन्त्री ज्वालाले भिषण बाढी पहिरोले सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको उल्लेख गरे ।