५ कार्तिक २०८३, बिहिबार

समाजवादी मोर्चा घोषणा भोलि नै, बाबुराम पनि मोर्चामा आउन तयार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सत्तारूढ माओवादी केन्द्रसहितको समाजवादी मोर्चाको घोषणा भोलि नै हुने भएको छ ।

यसअघि आज बिहान प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफलमा असार ५ गते मोर्चा घोषणा गर्ने निर्णय भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द सहभागी थिए ।

तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि मोर्चामा समेटिने भएपछि मिति परिवर्तन गर्दै भोलि नै घोषणा गर्ने निर्णय भएको हो ।

मोर्चालाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।