
संखुवासभा, ३ असार । संखुवासभाको हेवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार गरिएको छ ।
अविरल वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए।
बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
उनका अनुसार सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन्।
घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्।















प्रतिक्रिया