
काठमाडौं, ३ असार । कालिमाटीमा किसानहरूले गोलभेँडा सडकमै फ्याँकेका छन् ।
गोलभेँडाले बजार मूल्य नपाएको भन्दै विरोध स्वरूप किसानले सडकमै गोलभेँडा फ्याँकेका हुन् ।
भारतीय गोलभेँडा महँगो मूल्यमा बिक्री भइरहेको र नेपाली गोलभेँडाले मूल्य नपाएको भन्दै किसानहरूले विरोध गरेका हुन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर (ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।















प्रतिक्रिया