५ कार्तिक २०८३, बिहिबार

बालुवाटार छलफल: असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बैठकले समाजवादी मोर्चा घोषणाको मिति तय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द सहभागी बैठकमा असार ५ गते समाजवादी मोर्चाको घोषणा गर्ने तय भएको हो ।

बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ पनि सहभागी थए ।