२८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठकः यी मन्त्रालयको बजेट ‘एक रुपैयाँ’ कायम गर्न प्रस्ताव गरिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।

बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्य लिला नाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासन, योगेशकुमार भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।