
काठमाडौं, २ असार । रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।
बौधीमाई नगरपालिका-५ कोपवा टोलमा धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विद्युतीय मोटरबाट उनीहरूलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको हो ।















प्रतिक्रिया