१ कार्तिक २०८३, आइतबार

युक्रेनको प्रत्याक्रमण असफल हुन्छः रुसी राष्ट्रपति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् ।

पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘मलाई लाग्छ – युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन – मलाई यसमा कुनै शंका छैन’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे उक्त टिप्पणी गरेका छन् । एएफपी