२८ कार्तिक २०८३, शनिबार

मकवानपुरमा विष खाएर आत्महत्याको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ असार । मकवानपुरमा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-६ कार्की टोल घर भएका २० वर्षीय हिक्मत कार्कीको गएराति उपचारका क्रममा मकवानपुर सहकारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्की विगत दुई वर्ष देखि मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ बस्ने राजेश चौलागाईको घरमा घरायसी काम गर्दै आएका थिए ।

कार्कीले गत जेठ ३० गते झार मार्ने किटनाशक विषादी सेवन गरेका थिए । कार्कीको शव जिल्ला अस्पताल हेटौंडा अस्पतालमा ल्याइएको र आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।