
काठमाडौं, ३२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजालले आफूलाई फसाइएको गुनासो गरेका छन् ।
बिहीबारको थुनछेक बहसमा रिजालले आफूले पार्टीका शीर्ष नेताहरूलाई शरणार्थी समस्याबारेमा जानकारी गराउँदा मतलब नगरेको र अहिले आफैँलाई फुटबल बनाएको बताएका हुन् ।
यसबारेमा आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा ति बिचौलिया, ठगहरू हुन् भन्दै पन्छिएको र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि यो विषय जानकारी गराउँदा वेवास्ता गरेको उनले बताए ।
‘मैले शरणार्थी समस्या समाधानका लागि सबै नेताहरुलाई भेटेको थिएँ। मैले यसबारेमा शेरबहादुर देउवालाई सुनाउँदा ती त बिचौलियाहरु, ठग हुन् भने’, उनले न्यायाधीशलाई सुनाए, ‘मैले प्रचण्ड, केपी ओली सबैलाई भेटेर यो कुरा भनेको हो। तर कसैले पनि मतलब गरेनन्। मलाई फुटबल बनाइयो,’ उनले इजलासमा भने ।















प्रतिक्रिया