
काठमाडौं, ३२ जेठ । एक व्यक्ति एउटा ढाल्न लागिएको रुख मुनि हात जोडेर माफी मागिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ति युवकले कोही मानिससँग नभइ पिपलको रूखसँग माफी मागिरहेका हुन् । उनी हुन् चितवनका अपिल घिमिरे ।
पश्चिम चितवनको पटिहानी धनौजी चोकमा रहेको ढाल्न तयार गरिएको पिपलको रूखसँग उनले माफी मागेका हुन् । उक्त पिपलको रुख अब स्मृतिमा सीमित भएको छ ।
स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिंदा घिमिरेको मन पीडाले भतभती पोल्यो ।
उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गरे तर जोगाउन सकेनन् । अन्तत: उनले हार मान्दै श्रद्धापूर्वक शिर निहुराउँदै पिपलसँग अन्तिम पटक माफी माग्दै भने “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन्। तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिँन, दुवै हात जोडेर क्षमा माग्छु,’।
गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे, गर्मीमा छहारी लिन्थे जसलाई अपिलले जोगाउन सकेनन् ।















प्रतिक्रिया