२८ कार्तिक २०८३, शनिबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ ।  संसदीय सुनुवाई समितिको बैठक सकिएकाे छ। बिहीबारको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्ययोजना पेश गरेका थिए ।

कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् । आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए ।

कार्कीले सेवाग्राहीबाट प्राप्त राय सल्लाह सम्बन्धित पक्षमा पुर्‍याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।

संसदीय सुनुवाई समितिले कार्कीसँग शुक्रबार सवाल जवाफ गर्ने भएको छ । सवाल जवाफ बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । उनी विरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो बुधबार छलफल गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए ।

संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।