
मकवानपुर, ३२ जेठ । गएरातिको वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोपथ सडक अवरुद्ध भएको छ ।
कान्तिलोपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो तथा ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ललितपुरको भट्टेडाँडा क्षेत्रको तीन स्थानमा पहिरो गएको हो ।
हाल पहिरो पन्छाउने कार्य भइरहेको र सडक खुलाउन केही घण्टा लाग्ने बताइएको छ ।











प्रतिक्रिया