२८ कार्तिक २०८३, शनिबार

गुडिरहेको बसबाट हामफाल्दा युवती गम्भीर घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ जेठ । सडकमा गुडिरहेको यात्रुबहाक बसबाट हामफाल्दा मकवानपुरको मनहरी-७ बिजौनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा ओखलढुंगाको मुलखर्क बस्ने २१ वर्षीया दुर्गा गौतम रहेकी छिन् । उनी मनहरी बिजौना स्थित दिदिको घर आएकी थिइन् ।

बुधबार साँझ वीरगंजबाट चितवन जाँदै गरेको ना.३ ख ७८२० नम्बरको बस रोक्न लाग्दा बस नरोक्दै उनी बसबाट हामफाल्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार गौतमको निधारमा गहिरो चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा समान्य उपचार पश्चात उनलाई थप उपचारको लागि भरतपुर पठाइएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।