५ कार्तिक २०८३, बिहिबार

वडाध्यक्ष र सचिव घुससहित पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३१ जेठ । धनुषामा वडाध्यक्ष र वडासचिव घुस रकमसहित पक्राउ परेका छन् ।

नगराइन नगरपालिका–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका हुन् ।

अध्यक्ष यादव र सचिव झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

सडक निर्माण योजनाको भुक्तानीका लागि उनीहरूले घुस मागेको अख्तियारले जनाएको छ ।