५ कार्तिक २०८३, बिहिबार

इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, अन्य को-को निर्वाचित भए ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी निर्वाचित भएका छन् ।

त्यस्तै, ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्। ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेपनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष निर्वाचित हुनेहरूमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी रहेका छन् । त्यस्तै महासचिवमा बलराम खतिवडा निर्वाचित भएका छन् भने उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन्।

यस्तै, सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि नरेन्द्र बल्लभ पन्त यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संस्थाको तीनजना महिला सदस्यहरू पनि यसअघि नै निर्वाचित भइसकेका छन् । महिला सदस्यहरूमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् ।