५ कार्तिक २०८३, बिहिबार

काठमाडौं जिल्ला अदालत अगाडिबाट १३ जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । काठमाडौ जिल्ला अदालत अगाडिबाट प्रहरीले १३ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ता पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तलाई दोषीको कारबाही गर्न माग गर्दै अदालत अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको पक्षमा बहस गरिरहेका अधिवक्ताहरूविरूद्व समेत नाराबाजी गरेका थिए ।

उनीहरूलाई नियन्त्रण्मा लिने क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।