
हेटौंडा, ३१ जेठ । ५४ लाख बढी मूल्यको सुनसहित प्रहरीले हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ ।
५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित प्रहरीले बुधबार बिहान युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्जका २२ वर्षीय किसन साह रहेका छन् ।
मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र सुन लुकाएका थिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया