
काठमाडौं, १३ जेठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट कपिलबस्तुमा १६ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका सबैको सनाखत भइसकेको छ । सनाखत गर्ने क्रममा प्रहरीले एक परिवारलाई अनौठो दृश्यमा फेला पारेको जनाएको छ । उद्दारमा खटिएको प्रहरीले टोली गुगौली गाविसको एक परिवारलाई महिलामाथि सुतेको अवस्थामा घरभित्रबाट पुरिएको अवस्थामा निकालको छ ।
घरभित्रै पुरिएर मृत्यु भएका हल्लानगरका एकै परिवारका चारजनालाई दीपक रानामगर, उनकी श्रीमती हर्कमाया, भाउजु मीना र भतिजा सुमनलाई निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार दीपक आफ्नी भाउजूको शरीरमाथि सुतेको अवस्था पुरिएको पाइएको थियो । भने, श्रीमतीलाई अर्काे कोठाभित्र पुरिएको अवस्थामा फेला पारिएको थियो ।
यो अचम्मको दृश्य प्रहरीले सार्वजनिक रुपमा बाहिर ल्याएको छैन् । समितिका एक सदस्यले यो अनौठो घटना दैनिक नेपाललाई बताए । यो परिवारसँगै कपिलबस्तुमा १६ जनाले भूकम्पबाट ज्यान गुमाएका छन् ।















प्रतिक्रिया