३० आश्विन २०८३, शुक्रबार

कुमार रेग्मीको कता हिडेकी बोलको गीत सार्वजनिक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ ।  कलाकार तथा राष्ट्रसेवक कर्मचारी कुमार रेग्मीको कता हिडेकी बोलको गीत सार्वजनिक भएको छ ।

राष्ट्रसेवक कर्मचारी लेखा अधिकृत समेत रहेका कलाकार रेग्मीले कता हिडेकी बोलको आधुनिक गीत सार्वजनिक गरेका हुन् । गीत जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा लय र शब्द रेग्मीकै रहेको छ, भने गायक जोसेफ शाहीको स्वर रहेको छ । गीतमा मोडल मिस पवि, विनयकराज पोखरेल र कुमार रेग्मीले अभिनय गरेका छन । म्युजिक भिडियोको छायांकन गौरव गिरीले गरेका हुन् ।

बाल्यकालदेखि नै गीत संगीतप्रति रुची राख्ने रेग्मीका पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । हालै सार्वजनिक भएको कता हिडेकी बोलको नयाँ गीतमा मनपरेकी प्रेमिकालाई आफ्नो बनाउन अनेकौं भावना अभिव्यक्त गरेको कथा समावेश गरिएको छ ।

रेग्मीको पहिलो भाग्य एल्बम रहेको थियो । यसैगरी उनले दैलेख बजार, दुखारी मन, माया गर्दा, म एक्लैछु, कता हिडेकी लगायत करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

गीतको भिडियो