५ कार्तिक २०८३, बिहिबार

नेपालको राष्ट्रियता संकटोन्मुख छ: महासचिव मोहनविक्रम सिंह (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताएका छन् ।

दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले एकसय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरू सक्रिय भएको बताए ।

नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धि अब कसले रक्षा गर्ने भन्ने ठूलो समस्या रहेको उनले औँल्याए ।

भारतले नेपालको सीमा अतिक्रमण गर्दै लामो समयदेखि नेपालीलाई दु:ख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपी मार्फत नेपालमा अमेरिकी साम्राज्यवाद लाद्न खोजेको उनले बताए ।

यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पुरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दल नै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाई छ ।

यस्तै सिंहले नागरिकता विधेयकमार्फत ठूलो संख्यामा भारतीयहरूलाई नेपाली बनाउने चलखेल भइरहेको पनि बताए ।