५ कार्तिक २०८३, बिहिबार

डेढघण्टा लगाएर नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।

प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो ३:४० बजे अस्पताल पुगेका थिए ।

करिब डेढ घण्टा लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।