
थाहा, ३० जेठ । मकवानपुरको थाहा नगरपालिका-३ झाक्रीखोरिया खोलाको किनारामा एकजना मृत फेला परेका छन् ।
चितवनको राप्ती नगरपालिका-६ भण्डारा बस्ने ४६ वर्षीय हरिशरण बर्तौलाको शव सोमबार फेला परेको हो ।
उनी थाहा-३ स्थित मामा घरबाट जेठ २७ गतेबाट हराएका थिए । उनको शव सोही ठाउँमा रहेको झाक्रीखोरिया खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
खोलाको किनारा माथि छहरा समेत रहेको छ । उनी छहराबाट लडेको हुनसक्ने बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया