१ कार्तिक २०८३, आइतबार

टर्कीमा ११०० वर्ष पुरानो हिब्रू बाइबल बरामद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्तानबुल, ३० जेठ । टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रू बाइबलको पुरानो प्रति कब्जा गरेको छ ।

इस्तानबुल प्रान्तीयकमाण्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो ।

पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको किनबेच हुन लागेको सूचनाका आधारमा खोजी गर्दा चार जना संदिग्ध व्यक्तिहरू कारबाहीमा परेका छन् । उक्त बरामद हिब्रू बाइबल थप अनुसन्धानका लागि टर्किएको पाण्डुलिपि संस्थानमा पठाइएको छ ।

छापा मार्ने क्रममा सेनाले रोमन र बाइजान्टिन कालका १०१ पुराना सिक्का पनि बरामद गरेको छ । ती वस्तु इस्तानबुल पुरातत्व सङ्ग्रहालयमा पठाइएको छ । सिन्ह्वा