५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको एक होटलमा महिला र पुरूष झुन्डिएको अवस्थामा मृत फेला

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । काठमाडौँ गोँगबुस्थित एक होटलमा महिला र पुरूष मृत फेला परेका छन्।

टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।