५ कार्तिक २०८३, बिहिबार

प्युठानमा कार दुर्घटना: कारमा सवार आठैजनाको मृत्यु (अपडेट)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २९ जेठ । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटनामा परेका आठैजनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।

कार घुम्तीमा अनियन्त्रित भएर माथि सडकबाट तल सडकमा बजारिन पुगेको थियो ।