
काठमाडौं, २९ जेठ । प्रधानन्यायाधीसका लागि सिफारिस भएका वर्तमान कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आगामी बिहीबार (जेठ ३२ गते) हुने भएको छ ।
आज बसेको संसदीय सुनुवाई समितिको बैठकले संसदीय सुनुवाई बिहीबार गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध जेठ १६ गतेबाट १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो ।
कार्कीविरुद्ध २९ वटा उजुरी परेको र बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेर बिहीबार सुनुवाई गर्ने निर्णय बैठकले गरेको हो ।















प्रतिक्रिया