
काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ ।
वडा कार्यालय बनाउने भन्दै महानगरले सरकारी जग्गा डोजर लगाएर खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन् ।
सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जवरजस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले सोही स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नंवर २९ ले भने स्थानीयहरूले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ ।
सोही अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनले सार्वजनिक जग्गा केही व्यक्तिहरूले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको जानकारी दिए ।
वडा कार्यालय निर्माण गर्ने बिषयमा यसअघि कांग्रेस क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहसहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।















प्रतिक्रिया