२९ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभा: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेबाट बस्नेछ ।

आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बजेट माथिको छलफल आइतबार सकिएसँगै अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

यसअघि आइतबारनै अर्थमन्त्रीले जवाफ दिने कार्यसूची भएपनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।