५ कार्तिक २०८३, बिहिबार

बजेट करेक्सन नगरे सरकार दुर्घटनामा जान्छ: माधव नेपाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले बजेट नसच्चाए सरकार दुर्घटनामा जाने बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेपालले बजेटबाट सत्ता पक्षकै सन्तुष्ट हुन नसकेका भन्दै करेक्सन नगरे सरकार ढल्न सक्ने बताएका हुन् ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सकरार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्री लचक हुनुपर्ने बताए ।