१ कार्तिक २०८३, आइतबार

जहाज दुर्घटनामा परेर हराएका चारजना बालकको अमेजन जंगलबाट ४० दिनपछि जीवितै उद्दार

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । जहाज दुर्घटनामा कोही बाँच्छ भने उसलाई भाग्यमानी नै मानिन्छ ।

किनकि जहाज दुर्घटनामा परेका व्यक्ति बाँच्ने सम्भावना विरलै हुन्छन् । त्यसमाथि घना जंगलमा जहाज दुर्घटनामा परेर ४० दिनसम्म बेपत्ता भएका व्यक्ति जीवितै भेटिनु सबैको लागि आश्चार्यकै घटना हो ।

यस्तै, एउटा घटना घटेको छ ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा । हवाईजहाज दुर्घटनामा परेका चारजना बालकहरू ४० दिनपछि जीवितै फेला परेका छन् ।

उद्धार टोली पुग्दा पनि जीवित भेटिएका छन् । उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो।

उनीहरूलाई जंगलमा सहयोग गर्ने कोही पनि थिएनन् उनीहरू चारजना एकअर्काको सहारामा बाँचेका थिए ।

उनीहरूले ४० दिनसम्म संघर्ष गरेर जिउँदो रहने इतिहास लेखाएका उद्दारकर्मीहरूले बताएका छन् ।