२९ आश्विन २०८३, बिहिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गोली चल्यो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ ।  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।