३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई रिलायबल बैंकको ११ लाख सहयोग, प्रधानमन्त्री कोषमा ६ लाख जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliableकाठमाडौं, १३ जेठ । गत वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पबाट पीडित परिवारलाई रिलायबल डेभलपमेन्ट बैंकले राहत सहयोग गरेको छ ।

भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै रिलायबलले पीडित परिवारलाई कुल ११ लाख ४१ हजार रुपैयाँ सहयोग गरिएको मार्केटिङ विभागका सुदर्शनराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रकम बैंक, बैंकका सञ्चालक र कर्मचारीहरुबाट राहत रकम संकलन गरिएको हो । यसैबीच रिलायबल बैंकले बुधबार प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा ६ लाख रुपैयाँ राहत जम्मा गरेको छ । बैंकका अध्यक्ष, कार्यकारी अधिकृत र सञ्चालकले संयुक्त रुपमा उक्त रकम प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको लागि सहयोगार्थ संस्थाको शाखा कार्यालय रहेको अतिप्रभावित क्षेत्रहरुमा समेत राहत उपलब्ध गराइएको छ ।