
धनगढी, २८ जेठ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ ।
विश्वविद्यालय बनाउन माग गर्दै संघर्ष समितिले हड्ताल गरेको हो ।
यसैबीच, बजार बन्द गराउँदै हिँडेका ८ जना बन्धकर्ता पक्राउ परेका छन् । प्रदेश संसद् भवन बाहिर ढुंगा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आमहड्तालका कारण लामो दूरीका गाडी चलेका ठप्प छन् । छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् ।











प्रतिक्रिया